२४ जेठ २०८३, आइतबार

६ करोड २० लाख पुगे बैंक खाता, इन्टरनेट बैंकिङ सेवाकर्ता २३ लाख बढी

जेठ १३, २०८३
काठमाडौं
६ करोड २० लाख पुगे बैंक खाता, इन्टरनेट बैंकिङ सेवाकर्ता २३ लाख बढी

नेपालका बैंक तथा वित्तिय संस्थामा खुलेका निक्षेप खाताको संख्या ६ करोड २० लाख ६० हजार पुगेको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभामा पेस गरेको आर्थिक सर्वेक्षणले वित्तीय पहुँचमा वृद्धि हुँदै गएसँगै बैंकिङ कारोबार गर्ने जनसंख्या उल्लेख्य रूपमा बढेको देखाएको हो ।

‘२०८२ फागुनमा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप खाता ६ करोड २० लाख ६० हजार, कर्जा खाता २० लाख ४० हजार, मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता २ करोड ९४ लाख ६४ हजार र इन्टरनेट बैकिङ सेवाका प्रयोगकर्ता २३ लाख ७४ हजार रहेको छ’, आर्थिक सर्वेक्षणमा भनिएको छ ।

गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा चालु आर्थिक वर्षमा ३६ लाख ६० हजार निक्षेप खाता र १ लाख ३ हजार कर्जा खाता थप भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्