२३ जेठ २०८३, शनिबार

५५ प्रतिशत कृषियोग्य जमिनमा छैन सिँचाइ पुहँच !

जेठ १३, २०८३
काठमाडौं
५५ प्रतिशत कृषियोग्य जमिनमा छैन सिँचाइ पुहँच !
सिक्टा सिँचाइ आयोजनाको नहर ।

नेपालमा अझै पनि ५५ प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । 

सिँचाइ सुविधा विस्तार हेर्दा कृषियोग्य जमिनको आधा पनि पुगेको छैन । कृषियोग्य जमिनमा ४४.६३ प्रतिशत मात्रै सिँचाइ विस्तार भएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले देखाएको हो । 

बुधबार सार्वजनिक गरिएको सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कृषियोग्य जमिनको ४४.६३ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.६१ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । 

अर्थात् अझैपनि ५५.३७ प्रतिशत कृषियोग्य जमिन र ३७.३९ प्रतिशत सिँचाइयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्