
सर्वोच्च अदालतले गोला प्रक्रियाको विकल्पबारे कुनै छलफल नभएको स्पष्ट पारेको छ ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बुधबार विज्ञप्तिमार्फत् दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल नभएको स्पष्ट पारेका हुन् ।
'दैनिक पेशी व्यवस्थापनको लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रुपमा कतै पनि चर्चा र छलफल नभएको तथा गोला प्रक्रियालाई परिवर्तन गर्ने सम्बन्धमा आधिकारिक रुपमा कुनै धारणा समेत नरहेको हुँदा सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा प्रकाशित एवं प्रसारित समाचार एवं व्यक्त भएका धारणा तथ्यमा आधारित नभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' जारी विज्ञप्तिमा भनिएको छ ।
