२३ जेठ २०८३, शनिबार

डीडीसीमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा

जेठ १३, २०८३
काठमाडौं
डीडीसीमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुग्ध विकास संस्थान (डीडीसी)मा छापा हानेको छ ।

सीआईबीले बुधबार अपरान्ह लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयमा छापा हानेको हो । यसक्रममा दूध खरिदबिक्रीसम्बन्धी केही कागजात नियन्त्रणमा लिइएको फिल्डमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

सीआईबीले पछिल्ला तीन वर्षयता निर्णय समेत उपलब्ध गराउन भनेको छ । यो समाचार तयार पार्दासम्म सीआईबीको टोली डीडीसी कार्यालयमै छ ।

डीडीसीले किसानलाई करिब ५० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारी स्वामित्वको डीडीसीले किसानबाट दूध संकलन गरेर बजारमा बेच्ने गर्छ । 

salt training

कमेन्ट गर्नुहोस्