
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ ।
सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद-उल-अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
भोलि जेठ १५ गते गणतन्त्र दिवस हो । दिवसका अवसरमा रहेक वर्ष सार्वजनिक बिदा हुँदै आएको छ।
त्यसको भोलिपल्ट जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा नै भएकाले लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।