२४ जेठ २०८३, आइतबार

एआईमा जोड– स्विचाटारमा देशकै पहिलो सार्वभौम कम्प्युट केन्द्र स्थापना गरिने

जेठ १५, २०८३
काठमाडौं
एआईमा जोड– स्विचाटारमा देशकै पहिलो सार्वभौम कम्प्युट केन्द्र स्थापना गरिने

सरकारले काठमाडौंको स्विचाटारमा देशकै पहिलो सार्वभौम कम्प्युट केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त केन्द्रमा हजारौं प्रोसेसिङ युनिट राखिने जानकारी दिए ।

सरकारले एआई उद्यमीलाई सर्वसुलभ कम्प्युट सेवा उपलब्ध गराउने पनि जनाएको छ ।

साथै, नेपालको विद्युतलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासमा प्रयोग गरिने घोषणा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्