
सरकारले देशकै पहिलो सार्वभौम एआई कम्यूट केन्द्र स्थापना गर्ने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणका क्रममा काठमाडौंको स्यूचाटारमा एआई कम्यूट केन्द्र स्थापना गर्ने घोषणा गरेका हुन् ।
वाग्लेले हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी तथा स्टार्टअपलाई सहुलियतपूर्ण कम्यूट क्षमता उपलब्ध गराइने जानकारी दिए ।
बजेट वक्तव्यअनुसार स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्यूट सेवामा रूपान्तरण गर्ने नीति लिइएको छ।