२६ जेठ २०८३, मंगलबार
बजेट २०८३/८४

सडक तथा शहरी पूर्वाधारमा २ खर्ब ८६ अर्ब बजेट

जेठ १५, २०८३
विराटनगर
सडक तथा शहरी पूर्वाधारमा २ खर्ब ८६ अर्ब बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा सडक तथा शहरी विकास पूर्वाधारतर्फ २ खर्ब ८६ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्ष एक हजार किलोमिटर सडक कालोपत्रे तथा दुई सय वटा सडक पुल निर्माण गरिने घोषणा गरे ।

बजेट वक्तव्यअनुसार पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नारायणगढ–बुटवल तथा कमला–कञ्चनपुर खण्डको निर्माण कार्य चालु आर्थिक वर्षमै सम्पन्न गरिने सरकारको योजना छ । साथै, आगामी दुई वर्षभित्र थप ८० किलोमिटर सडक निर्माण सम्पन्न गरिने उल्लेख गरिएको छ ।

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सरकारले ३७ अर्ब ४६ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, काठमाडौं–तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ ।

अर्थमन्त्री वाग्लेले द्रुतमार्गअन्तर्गत ४० वटा पुल र चार वटा सुरुङ निर्माणको कामलाई तीव्रता दिइने बताए ।

त्यसैगरी, हुलाकी राजमार्गका लागि ४ अर्ब ६५ करोड रूपैयाँ, कर्णाली राजमार्गका लागि १ अर्ब रूपैयाँ तथा मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्