२३ असार २०८३, मंगलबार

मेचीनगरमा १०० आवासीय भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गरिने

जेठ १५, २०८३
विराटनगर
मेचीनगरमा १०० आवासीय भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गरिने

सरकारले झापाको मेचीनगर नगरपालिकामा एक सय वटा आवासीय भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गर्ने घोषणा गरेको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय आवास कम्पनी लिमिटेडअन्तर्गत आवासीय परियोजना सञ्चालन गरिने बताएका हुन् ।

अर्थमन्त्री वाग्लेका अनुसार उक्त परियोजनाको पहिलो चरण झापाको मेचीनगर नगरपालिकाबाट शुरू गरिनेछ ।

बजेट वक्तव्यअनुसार परियोजनाअन्तर्गत मेचीनगरमा १०० वटा भवन निर्माण गरी सर्वसाधारणलाई वितरण गरिने व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्