
नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदबाट बोलेको कुरा प्रमाणित गर्न वा संसद्को रेकर्डबाटै हटाउन माग गरेको छ ।
कांग्रेस प्रमुख सचेतक वासना थापाले नेपालले भारतीय भूमि कहाँ मिचेको हो ? भन्दै प्रश्न गरिन् ।
कि त यो विषयमा थप प्रस्ट पार्न, अन्यथा संसदको रेकर्डबाटै हटाउन उनले माग गरिन् ।
यसअघि प्रधानमन्त्री शाहले संसदको रोस्ट्रमबाटै नेपालले भारतीय भूमि मिचेको जानकारी गराएका थिए ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाए ।
यो विषय निकै गम्भीर रहेको भन्दै उनले संसदको रेकर्डबाट हटाउन माग गरे ।