२४ जेठ २०८३, आइतबार

प्रतिनिधिसभाबाट मतदाता नामावली विधेयक स्वीकृत

जेठ १७, २०८३
काठमाडौं
प्रतिनिधिसभाबाट मतदाता नामावली विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा मतदाता नामावली (पहिलो संशोधन विधेयक, २०८३’ मा राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सो संशोनसहितको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । संशोधनबारेको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक स्वीकृत भएको हो ।

विपक्षीहरूको विरोधका बीच प्रतिनिधिसभाको बैठक आज पटकपटक स्थगन भएको थियो भने राति १०ः१५ मा सकिएको छ । प्रतिनिभिसभाको अर्काे बैठक यही जेठ १८ गते सोमबार दिउँसो १ः०० बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्