२४ जेठ २०८३, आइतबार

बालेनको अभिव्यक्तिप्रति ज्ञानेन्द्र शाहीको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग

जेठ १८, २०८३
काठमाडौं
बालेनको अभिव्यक्तिप्रति ज्ञानेन्द्र शाहीको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

प्रधानमन्त्रीले संसद्‌मा दिएको अभिव्यक्तिबारे प्रमाण दिनुपर्ने उनले बताए ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर शाहीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता हुनुपर्ने बताएका हुन् ।

‘चिया पसलमा गरिने गफ र संसद्‌मा बोलिने विषय फरक हुन्, सरकार प्रमुखबाट संसद्‌मा व्यक्त विचार संसद्को रेकर्डबाट हटाइयोस्,’ शाहीले भने ।

यसअघि आइतबार प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए ।

यो विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्