०४ साउन २०८३, सोमबार

रास्वपा केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसी

जेठ १९, २०८३
काठमाडौं
रास्वपा केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन विभागको प्रमुखमा भुवन केसी- काठमाडौं मनोनीत भएका छन् ।

उनलाई केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार निर्वाचन विभागको प्रमुखमा मनोनयन गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

'उपरोक्त सम्बन्धमा मिति २०८३/०२/१८ को पार्टी सचिवालयको बैठकले तपाईंलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरिएको ब्यहोरा जानकारी गराइन्छ । तपाईंले पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधि बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुने विश्वास गर्दछौं,' जारी विज्ञप्तिमा भनिएको छ ।

null

कमेन्ट गर्नुहोस्