२२ जेठ २०८३, शुक्रबार

न्याय प्रणालीको सुधार गर्न बार र बेन्च सहकार्य जरुरी : प्रधानन्यायाधीश

जेठ २०, २०८३
काठमाडौं
न्याय प्रणालीको सुधार गर्न बार र बेन्च सहकार्य जरुरी : प्रधानन्यायाधीश
फाइल फोटो

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य जरुरी भएको बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनले आज उनको स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा उनले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताए ।

'विधिको शासन, संविधान, मानव अधिकार संरक्षणमा सर्वोच्च बारको महत्त्वपूर्ण भूमिका हुन्छ,' प्रधानन्यायाधीश शर्माले भने, 'बेन्च र बार एकापसमा मिलेर काम गर्नुपर्छ ।'

पूर्वप्रधानन्यायाधीश राउतले बार र बेन्चबीच सुमधुर सम्बन्ध विगतदेखि नै रहिआएको र सर्वोच्चमा मुद्दा सङ्ख्या बढ्दै गएकाले त्यसलाई घटाउनेतर्फ ध्यान दिन सुझाव दिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्