२४ जेठ २०८३, आइतबार

एमालेमा 'रिफर्म' मात्र होइन 'रिभोलुसन' आवश्यक छ : नेता पाण्डे

जेठ २०, २०८३
बुटवल
एमालेमा 'रिफर्म' मात्र होइन 'रिभोलुसन' आवश्यक छ : नेता पाण्डे

नेकपा एमालेका प्रभावशाली नेता सुरेन्द्र पाण्डेले पार्टीमा आमूल रूपान्तरण गर्नुको विकल्प नभएको बताएका छन् । पार्टी र राजनीतिको आवश्यकता अब एमालेमा 'रिफर्म' मात्र नभएर रिभोलुसन हुनुपर्ने नेता पाण्डेले औंल्याए ।

प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री समेत रहेका नेता पाण्डेले कसले पद छाड्ने भन्दा पनि पार्टीलाई काँचुली फेराउन सबै नेता/कार्यकर्ताले आ–आफ्नो पद छाड्न तयार हुनुपर्ने बताए । 'अब अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अवस्था, आफ्नो स्वास्थ्यको स्थिति, उमेर, चुनावमा प्राप्त गरेको नतिजासहित सबै कुराहरूलाई हेरेर विचार गर्नुपर्छ,' पाण्डेले भने, 'पार्टी निर्माण गर्ने, पार्टीलाई माथि उठाउने विषय अहिले ठूलो चुनौती छ । सबैतर्फबाट पार्टी उठाउन सक्नुहुन्न भन्ने चारैतिरबाट प्रश्नहरू उठेका छन् । पार्टीमा उपयुक्त र परिपक्व निर्णय होला भन्ने लाग्छ ।'

फागुनमा भएको निर्वाचनको नतिजाले एमालेलाई खबरदारी गरेको उनले बताए । '२१ फागुनको निर्वाचनको नतिजाले एमालेलाई खबरदारी गरेको छ । कतिपय निर्वाचन क्षेत्रमा पार्टी सदस्यभन्दा भोट कम छ । पार्टी सदस्यले पनि भोट नहालेको देखिन्छ । यस्तो कुराले पार्टीभित्र ओभरल रिस्ट्रक्चरको आवश्यकता देखिएको छ । अब फिजिकलमा मात्र नभई डिजिटल पार्टी ट्रान्सफर्मेसन नगरी सुख छैन,' उनले भने, 'पार्टी सचिवालयले कार्यदल बनाएको पनि छ, अध्यक्षज्यूलाई पनि अब फिलिङ भएको पनि होला, अब नयाँ ठाउँमा पुग्नैपर्छ ।'

salt training

कमेन्ट गर्नुहोस्