२१ जेठ २०८३, बिहीबार

एसियाली खेलकुदको छनोट क्रिकेट : आसिफ शेख र कुशल भुर्तेलले गरे कीर्तिमानी साझेदारी

जेठ २१, २०८३
काठमाडौं
एसियाली खेलकुदको छनोट क्रिकेट : आसिफ शेख र कुशल भुर्तेलले गरे कीर्तिमानी साझेदारी

आसिफ शेख र कुशल भुर्तेलले नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी पाली खेलेका छन् ।

सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार मलेसियाविरुद्ध यी दुई ओपनर ब्याट्सम्यानले कीर्तिमानी पाली खेलेका हुन् ।

आसिफ र कुशलले पहिलो विकेटका लागि एक सय ३४ रनको साझेदारी गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो विकेटको यो सबैभन्दा ठूलो साझेदारी हो ।

आसिफ शेख टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ११ औं अर्धशतक पूरा गर्दै आउट भएपछि यो साझेदारी तोडिएको थियो । यी दुवै ओपनरले ८.४ ओभरसम्म साझेदारी गरेका थिए ।

यसअघि पनि पहिलो विकेटको कीर्तिमान आसिफ र कुशलकै नाममा थियो । कुशल र आसिफले सन् २०२५ को अप्रिल १० मा खेलिएको कुवेतविरुद्धको खेलमा एक सय २७ रनको साझेदारी गरेका थिए ।

बिहीबार मलेसियाविरुद्ध २४ वर्षीय आसिफ शेखले अर्धशतक भने १७ बलमा पाँच छक्का र चार चौकाको मद्दतले पूरा गरेका थिए ।

१० ओभरको खेल सकिँदासम्म नेपालले केवल एक विकेट गुमाएर एक सय ५६ रन बनाइसकेको छ । कुशल भुर्तेल ८४ रन बनाउँदै क्रिजमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्