२२ जेठ २०८३, शुक्रबार

इजरायल–लेबनान युद्धविराम प्रस्ताव हिजबुल्लाहद्वारा अस्वीकार

जेठ २२, २०८३
काठमाडौं
इजरायल–लेबनान युद्धविराम प्रस्ताव हिजबुल्लाहद्वारा अस्वीकार

 लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायल र लेबनान सरकारबीच भएको अमेरिका समर्थित युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ।

 हिजबुल्लाहका प्रमुख नइम कासिमले एक विज्ञप्ति जारी गर्दै यो सम्झौतालाई अपमानजनक र लेबनानका लागि आत्मसमर्पणको संज्ञा दिएका छन् । 

यसअघि इजरायल र लेबनानले दक्षिणी लेबनानमा 'पाइलट' सुरक्षा क्षेत्रहरू निर्माण गर्ने र हिजबुल्लाहलाई इजरायली सीमाबाट ३० किलोमिटर उत्तर लिटानी नदीसम्म हटाउने सर्तमा युद्धविराम नवीकरण गर्ने घोषणा गरेका थिए। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले हिजबुल्लाह र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गरेको र शान्ति प्रक्रियामा प्रगति भइरहेको दाबी गरेका  थिए । 

तर, हिजबुल्लाहले वार्तालाई व्यर्थ भन्दै आफ्ना लडाकुहरूलाई पछाडि हटाउनु इजरायलको उद्देश्य पूरा गरिदिनु मात्रै हुने बताएको छ। युद्धविरामको चर्चा भइरहँदा पनि बिहीबार लेबनानमा इजरायली आक्रमण रोकिएनन्। दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएका इजरायली हवाई आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

त्यस्तै, दक्षिण लेबनानमा तैनाथ राष्ट्रसंघीय शान्ति सेनाका एक सर्बियाली सैनिक र एक इजरायली सैनिकको पनि झडपका क्रममा ज्यान गएको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले आतंकवादी पूर्वाधारहरू नष्ट नगरेसम्म आक्रमण जारी रहने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्