२६ जेठ २०८३, मंगलबार

१९ लाख ५२ हजार रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

जेठ २४, २०८३
काठमाडौं
१९ लाख ५२ हजार रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३५ वर्षीय मिङमारछिरिङ गुरुङ छन् ।

अस्थायी प्रहरी पोष्ट धुन्चे रसुवाबाट खटिएको प्रहरी टोलीले उनलाई गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चे बजारबाट नियन्त्रणमा लिएको हो ।​​

स्याफ्रुबेसीबाट काठमाडौंका लागि छुटेको ना १ ज ४८०७ नम्बरको सुमो गाडीमा सवार उनलाई शनिबार पक्राउ गरिएको हो।

उनले बोकेको झोलाबाट एक हजार दरका नोट १ हजार ८४५ थान, ५०० दरका नोट २१३ थान, १०० दरका नोट ६ थान, गरी १९ लाख ५२ हजार १०० रुपैयाँ बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्