२८ जेठ २०८३, बिहीबार

कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा

जेठ २६, २०८३
काठमाडौं
कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा

काठमाडौँ महानगरपालिकाले नगरसभाको १९औँ अधिवेशन जेठ ३१ गते आइतबार बिहान ११ बजेका लागि आह्वान गरेको छ । आज कामपा प्लाजास्थित सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५०औँ कार्यपालिका बैठकले नगरसभाको बैठक मिति र समय तय गरेको बताइएको छ ।

बैठकले नेपाल भाषाको बालविकास तथा पूर्वप्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको संयोजकत्वमा गठन भएको नेपाल भाषाको पाठ्यक्रम तथा स्थानीय पाठ्यपुस्तकहरूमा समसामयिक संशोधन तथा परिमार्जन गरिएको हो । जेठ ४ गते बसेको समितिको बैठकले शिक्षा तथा स्वास्थ्य समिति संशोधन पेस गरेको थियो । शिक्षा तथा स्वास्थ्य समितिले जेठ २५ गते बैठक बसेर नेपाल भाषाको स्थानीय विषय नेपालभाषा, बालविकास तथा पूर्वप्राथमिक तहको पाठक्रम स्वीकृतको लागि कार्यपालिका समक्ष प्रस्ताव पेस गर्ने निर्णय भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्