
विश्वकप फुटबलको रोमाञ्चक सिजनलाई लक्षित गर्दै सामसङ नेपालले नेपाली बजारमा आफ्नो टिभी लाइनअपमा विशेष र आकर्षक अफर घोषणा गरेको छ। खेलप्रेमीहरूलाई घरभित्रै रंगशालाको जस्तै जीवन्त र इमर्सिभ अनुभव प्रदान गर्ने उद्देश्यले कम्पनीले यो नयाँ योजना ल्याएको हो। सामसङका अनुसार यो बम्पर अफर आगामी २०२६ जुलाई १९ सम्म मात्र मान्य रहनेछ।
यो विशेष योजनाअन्तर्गत ग्राहकहरूले चुनिएका सामसङ स्मार्ट टिभीहरूको खरिदमा २५ प्रतिशतसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्, जसले विश्वकपको अवसरमा ठूलो र स्पष्ट स्क्रिनमा अपग्रेड गर्न चाहनेहरूका लागि उत्कृष्ट अवसर प्रदान गरेको छ।
उत्कृष्ट घरेलु सिनेमा र खेलको अनुभवका लागि ७५ इन्च वा ८५ इन्चका विशेष टिभी मोडेल खरिद गर्ने ग्राहकहरूले बजार मूल्य ४९,९९० रुपैयाँ पर्ने शक्तिशाली साउन्डबार मात्र ९,९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। यो साउन्डबारले टिभीको स्क्रिनमा चल्ने खेलको दृश्यसँग मेल खाने गरी शक्तिशाली र इमर्सिभ अडियो प्रवाह गर्ने कम्पनीले जनाएको छ।
विश्वकप सिजनमा खेलको प्रत्यक्ष प्रसारणका साथै थप मनोरञ्जनलाई सहज बनाउन सामसङले नि:शुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन र १२ महिनासम्मको नि:शुल्क नेटटिभी प्याकेज पनि उपलब्ध गराएको छ। जसअनुसार ५५ इन्चदेखि ८५ इन्चसम्मका क्यूलेड टिभी खरिद गर्दा ग्राहकले २५ प्रतिशतसम्म क्यासब्याक, नि:शुल्क १२ महिनाको नेटटिभी प्याकेज र वर्ल्ड कप लाइभ सब्सक्रिप्सन पाउनेछन् भने ७५ र ८५ इन्चमा मात्र साउन्डबारको अफर लागू हुनेछ।
त्यसैगरी ४३ इन्चदेखि ६५ इन्चसम्मका यूएचडी टिभीमा १० प्रतिशत क्यासब्याक र १२ महिनाकै नेटटिभी प्याकेज तथा वर्ल्ड कप सब्सक्रिप्सन उपलब्ध छ । साना स्क्रिनतर्फ ४३ इन्चको एफएचडी टिभीमा ७ प्रतिशत क्यासब्याक र ३२ इन्चको एचडी टिभीमा २१ प्रतिशतसम्मको क्यासब्याकसहित दुवैमा ६ महिनाको नि:शुल्क नेटटिभी प्याकेज र वर्ल्ड कप लाइभ सब्सक्रिप्सन समेटिएको छ।
यसका साथै ग्राहकहरूको आर्थिक सहजतालाई ध्यानमा राख्दै हुलास फिनसर्फ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत १२ महिना वा २४ महिनाको सरल ईएमआई योजनामा टिभी खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
नयाँ सामसङ टिभीमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै पुराना उपकरणहरू साटासाट गर्न सक्ने एक्सचेन्ज सुविधा समेत उपलब्ध छ। यस अफरबारे थप विस्तृत विवरण बुझ्नका लागि ग्राहकहरूले आफ्नो नजिकैको अधिकृत सामसङ स्टोरमा सम्पर्क गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।