१२ असार २०८३, शुक्रबार

१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

असार १०, २०८३
काठमाडौं
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

पर्वतमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६८ वर्षीय एक वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा फलेवास नगरपालिका–९ ओख्रेनी निवासी बलबहादुर पौडेल क्षेत्री रहेका छन् । 

बलबहादुरले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्