३१ असार २०८३, बुधबार

डा.केसीको मुद्दामाथि सर्वोच्चमा बहस सकियो, आजै आदेशको सम्भावना

पुस २६, २०७४
डा.केसीको मुद्दामाथि सर्वोच्चमा बहस सकियो, आजै आदेशको सम्भावना

काठमाडौं २६ पुस– अदालतको अबहेलना गरेको भन्दै डा गोविन्द केसीविरुद्धको मुद्दामाथि सर्वोच्च अदालतमा बहस सकिएको छ । 

न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा बुधवार बहस सकिएको हो ।

बहसको अन्तिममा डा.केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई निलम्बन गरेर छानविन गरेमा आफू सजाय भोग्न तयार रहेको बताएका थिए ।

बहस सकिएपछि न्यायाधीशहरु इजलासबाट च्याम्बरमा फर्किएका छन् । डा. केसीलाई भने सर्वोच्च परिसरमा रहेको एम्बुलेन्समा राखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्