
नेकपा एमालेका नेता तथा पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।
असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले बुधबार उनलाई कैद सजाय सुनाएपछि प्रहरीले बिहीबार महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो।
यसअघि महोत्तरी जिल्ला अदालतले उक्त मुद्दामा उनलाई सफाइ दिएको थियो। कोइरी महोत्तरीको गौशाला नगरपालिका–स्थित निगौल निवासी हुन्।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले कोइरीलाई पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो ।
मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते भएको असई विक हत्या प्रकरणमा उनीसहित २८ जनाविरुद्ध ०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।