२३ असार २०८३, मंगलबार

बाटोमा हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ

असार २२, २०८३
काठमाडौं
बाटोमा हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको आरोपमा एक जना पक्राउ

ललितपुरको इमाडोलमा बाटोमा हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन तथा अश्लील हर्कत गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी घर भई इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट छन् । 

उनलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता गौतम मिश्रले लोकान्तरलाई जानकारी दिए ।

प्रहरीका अनुसार भट्ट सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतको रूपमा कार्यरत रहेको खुलेको छ। 

बाटोमा एक्लै हिँडिरहेको समयमा अश्लील हर्कत गरेको भन्दै एक युवतीले टिकटकमार्फत एउटा सार्वजनिक गरेकी थिइन् ।

युवतीले आइतबार साँझ टिकटकमा भिडियो अपलोड गरेपछि प्रहरीले उनको खोजी गरेको थियो ।

पक्राउ परेका भट्टलाई प्रहरी वृत्तको सातदोबाटोको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्