
प्रतिनिधिसभाको बैठकले दुई वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।
बुधबार ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३’ गरी दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रतिनिधिसभा बैठकले सर्वसम्मतले स्वीकृत गरेको छ ।
सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक २०८२’ को प्रतिनिधिसभाबाट दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गरेका थिए ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए ।