२६ असार २०८३, शुक्रबार

विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

असार २४, २०८३
काठमाडौं
विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
फाइल फोटो

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप ५ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतले बुधबार पौडेललाई अनुसन्धान प्रयोजनका लागि चौथो पटक ५ दिन म्याद थप गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि पौडेललाई अदालतमा पेस गरेको थियो ।

विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासबाट म्याद थप गर्ने आदेश भएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

null

salt training

कमेन्ट गर्नुहोस्