२७ असार २०८३, शनिबार

काठमाडौंको माकलबारीमा सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु

असार २६, २०८३
काठमाडौं
काठमाडौंको माकलबारीमा सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान करिब साढे १० बजेतिर माकलबारीस्थित सडकमा ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा बागलुङ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने ४१ वर्षीय विष्णु थापाको निधन भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विस्फोटमा घाइते भएका उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज, लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाको गाडीमा लोड गरिएको सामग्री विस्फोट भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्