२८ असार २०८३, आइतबार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती

असार २७, २०८३
काठमाडौं
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको बताएकी छन् । 

चितवनको खैरहनीमा आज आयोजित कार्यक्रममा उनले यस वर्ष रोपाइँ गर्नुअघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्याका कारण मल पुर्‍याउन नसकिएको बताइन्।

“कुन देशबाट मल आयात गर्दा सहज हुन्छ भनेर हामीले रातदिन खटेर काम गरेका छौँ। आगामी साउन १ गतेदेखि नयाँ ‘लट’को आयात सुरु हुँदैछ। मल बन्दरगाहमा पुगिसकेको छ,” मन्त्री चौधरीले भनिन्।

उनले आगामी दिनमा ‘क्यालेन्डर’ बनाएर देशभर व्यवस्थित रूपमा मल वितरण गरिने बताउँदै स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीच समन्वय गरी वितरण प्रक्रिया प्रभावकारी बनाइने जानकारी दिइन्।

माग र आपूर्तिबीच अझै सन्तुलन कायम गर्न चुनौती रहेको उल्लेख गर्दै मन्त्री चौधरीले किसानलाई सहज सेवा प्रदान गर्न ‘टोल–फ्री नम्बर’ सञ्चालनमा ल्याइएको बताइन्।

मन्त्री चौधरीका अनुसार सरकारले चालु आर्थिक वर्षमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल देशभर पठाइसकेको जानकारी दिँदै खेती प्रणाली विस्तारसँगै रासायनिक मलको माग तीव्र रूपमा बढेको बताइन्। मागअनुसार आपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट गरिन्।

salt training

कमेन्ट गर्नुहोस्