२९ असार २०८३, सोमबार

श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन

असार २९, २०८३
काठमाडौं
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन

 मुलुकको श्रम तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा ‘चौथो नेपाल श्रमशक्ति सर्वेक्षण’ गरिरहेको छ । कार्यालयले कुल श्रमशक्ति, रोजगारीको अवस्था, श्रमको प्रकार, श्रमबजारको अवस्था पत्ता लगाउन उक्त सर्वेक्षण सुरु गरिएको जनाएको छ ।

मौसमी रोजगारीमा आउने उतारचढाव तथा त्यसले पार्ने प्रभावलाई अध्ययन गर्न गत फागुनदेखि तथ्याङ्क सङ्कलन भइरहेको कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेले जानकारी दिए । आगामी फागुनसम्म नै सर्वेक्षण हुनेछ । श्रम गर्ने उमेर समूहका जनसङ्ख्यालाई यसमा समेटिनेछ ।

देशभर रोजगारी र बेरोजगारीको यथार्थ अवस्था पत्ता लगाउन, श्रमको प्रकृति, शिक्षा र सीपको स्तर मापन गर्ने र बालश्रम, बाध्यकारी श्रम एवं जोखिमयुक्त कामको अवस्थाबारे विस्तृत तथ्याङ्क सङ्कलन गरिनेछ ।

सातवटै प्रदेशका करिब १८ हजार घरपरिवारमा गणक पुगेर तथ्याङ्क सङ्कलन गर्ने कार्यक्रम तय भएको छ । नेपालमा पहिलोपटक २०५५/५६ सालमा, दोस्रोपटक २०६४/६५ र तेस्रोपटक २०७४/७५ सालमा यस्तो सर्वेक्षण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्