३० असार २०८३, मंगलबार

स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

असार ३०, २०८३
बुटवल
स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु

बुटवलमा गएराति स्कुटर दुर्घटना हुँदा युवकको मृत्यु भएको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ तिनकुनेमा भएको स्कुटर दुर्घटनामा सोही वडाका २१ वर्षीय रिवा श्रेष्ठ मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । 

होराइजोन चोकबाट तीनकुनेतर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर अनियन्त्रित सडकको बीचमा रहेको हाइमास्क लाइटमा ठोक्किएर मृत्यु भएको इप्रका बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तव जानकारी दिए । 

घाइते श्रेष्ठलाई अस्पताल पुर्या‍इए पनि अस्पतालले मृत घोषणा गरेको थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्