सोच्नुस त यदि कसैलाई संसारकै सबैभन्दा घातक विष खुवाएर हातगोडा बाँधी नदीमा फालिदियो भने के होला ? पक्कै मृत्यु हुन्छ होला होइन ? महाभारतका पात्र भीमसेनलाई ठ्याक्कै यस्तै गरिएको थियो तर, उनको भने मृत्युको थिएन । बरू उल्टै पहिलेभन्दा कैयौँ गुणा बढी बलिया बनेर फर्केका थिए ।
सुन्दा लाग्न सक्छ यो केवल काल्पनिक कथामात्र हो । आजको सुपरहिरो सिनेमाको काल्पनिक कथामा मात्र यस्तो सम्भव हुन्छ तर मित्रहरू ! यो कथामात्र भने होइन । बरू यसभित्र प्राचीन भारतवर्षको एउटा यस्तो उन्नत विज्ञान लुकेको छ, जसलाई आजको चिकित्सा विज्ञानले भरखरै पत्ता लगाउँदैछ ।
महाभारतको आदि पर्वमा एउटा यस्तो घटना उल्लेख भएको भेटिन्छ, जसले जो कोहीलाई पनि अचम्ममा पार्दछ । दाजुभाइबीचको ईर्ष्याका कारण दुर्योधनले भीमसेनलाई कालकूट नामक विषय सेवन गराई अचेत अवस्थामा गङ्गामा बगाइदिएका हुन्छन् । भीमसेन गङ्गामा बग्दै अचेत अवस्थामै नागलोक पुग्छन्, जहाँ उनलाई नागहरूले डस्दछन् । फलत: नागहरूका विषले उनको शरीरमा भिजेको पहिलेको विषलाई काट्दछ र उनी सचेत हुन्छन् । त्यसपछि उनको पहिचान खुल्दछ र वासुकी नागले आफ्ना आठवटा कुण्डमा विद्यमान अमृतरस पिउन लगाई महाबली बनाएर फिर्ता पठाउँछन् ।
कुरो सुन्दा कतिलाई विश्वास नलाग्न सक्छ । कतिले त्यस्तो त कल्पनामा मात्र सम्भव हुन्छ भन्न पनि सक्छन् तर मित्रहरू ! सत्य के हो भने यो कुनै एउटा काल्पनिक कथामात्र भने होइन, अपितु यसभित्र यति ठूलो वैज्ञानिक कारण लुकेको पाइन्छ कि, जुन कुरो तपाईँहरूले यस अघि कहिल्यै सुन्नुभएको छैन होला । आजको भिडियोमा हामी महाभारतको यही रहस्यमयी घटनाको पछाडि लुकेको त्यो यथार्थ खोतल्न जाँदैछौँ, जसले तपाईँको सोच्ने तरिका नै बदलिदिनेछ ।
भीमसेन कसरी त्यति बढी बलिया हुन पुगेका थिए भन्ने कुरालाई ऐतिहासिक, दार्शनिक र वैज्ञानिक दृष्टिकोणबाट चिरफार गर्ने प्रयास गरेका छौँ । कस्तो लाग्छ अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।