०५ साउन २०८३, मंगलबार

वीरगन्जमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान

साउन ३, २०८३
पर्सा
वीरगन्जमा विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान

 वीरगन्ज र आसपासका क्षेत्रमा केही दिनयता देखिएको विद्युत् आपूर्तिको समस्या समाधान भएको छ।

नेपाल विद्युत् प्राधिकरणले अत्यधिक गर्मीका कारण नागरिकले भोग्नुपरेको असुविधा समाधान गर्न आवश्यक प्राविधिक पहल गरिएको जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले छपकैया क्षेत्रमा रहेको ३३ केभी भूमिगत केबलमा आएको प्राविधिक समस्याका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको बताए। उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली तत्काल परिचालन भई रातदिन खटिएर समस्या पहिचान तथा समाधान गर्न सफल भएका हुन्।

प्राधिकरणको मधेस प्रादेशिक कार्यालयका अनुसार दीर्घकालीन समाधानका लागि वैकल्पिक ३३ केभी ओभरहेड लाइन निर्माण गरी दुईवटा स्रोतबाट विद्युत् आपूर्ति हुने व्यवस्था मिलाइएको छ।

अत्यधिक गर्मीका कारण लाइन ट्रिप हुने र भोल्टेजमा समस्या आउने हुँदा वीरगन्ज तथा आसपासका क्षेत्रमा पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुँदै आएको थियो।

salt training

कमेन्ट गर्नुहोस्