०९ साउन २०८३, शनिबार

२५० मेट्रिक टन डीएपी विराटनगर भन्सार आइपुग्यो

साउन ४, २०८३
काठमाडौं
२५० मेट्रिक टन डीएपी विराटनगर भन्सार आइपुग्यो

धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको छ । 

आज २५० मेट्रिक टन डीएपी मल विराटनगर भन्सार आइपुगेको छ भने १,२५० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक भोलि बिहान (५ असार) रक्सौल आइपुग्ने कृषि मन्त्रालयले जनाएको छ । 

यस्तै, कोलकाताबाट थप २५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको छ ।

  यसैबीच, ३० हजार मेट्रिक टन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको समेत मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्