०६ साउन २०८३, बुधबार

सेनाको हायर कमान्ड तालिमबाट ४१० अधिकृत दीक्षित

साउन ६, २०८३
काठमाडौं
सेनाको हायर कमान्ड तालिमबाट ४१० अधिकृत दीक्षित

नेपाली सेनाले सञ्चालन गर्दै आएको सबैभन्दा उच्च तहको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिमबाट हालसम्म ४१० जना सैनिक अधिकृत दीक्षित भएका छन्।

विक्रम संवत् २०७१ सालदेखि सञ्चालनमा रहेको उक्त तालिमले वरिष्ठ सैनिक अधिकृतहरूको रणनीतिक नेतृत्व क्षमता अभिवृद्धि गर्दै राज्य सञ्चालन, राष्ट्रिय सुरक्षा र व्यवस्थापनसम्बन्धी विषयमा उच्चस्तरीय ज्ञान प्रदान गर्दै आएको छ।

सेनाका अनुसार तालिमको उद्देश्य स्टेटक्राफ्ट (राज्य सञ्चालन), भूराजनीति, आर्थिक गतिशीलता, राजनीतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति तथा नेतृत्व एवं व्यवस्थापनसम्बन्धी विषयमा सहभागी अधिकृतहरूको ज्ञान र क्षमता विकास गर्नु हो।

तालिममार्फत बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा परिवेशलाई विश्लेषण गर्न सक्ने, रणनीतिक निर्णय क्षमता अभिवृद्धि गर्ने तथा उच्च तहको नेतृत्वका लागि आवश्यक दक्ष जनशक्ति तयार पार्ने लक्ष्य राखिएको सेनाले जनाएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्