०७ साउन २०८३, बिहीबार

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

साउन ६, २०८३
काठमाडौं
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनर का रूपमा आबद्ध भएको हो।

बुधबार आयोजित कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्काले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा व्यावसायिक प्रवर्द्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा सहकार्य गरिने विश्वास व्यक्त गरे।

उनले भने, 'मार्भल टेक्नोप्लास्टजस्ता प्रतिष्ठित ब्रान्डहरूले नेपाली क्रिकेटमा निरन्तर लगानी गरिरहेको देख्नु अत्यन्त सकारात्मक पक्ष हो। यस्ता सहकार्यले नेपाल प्रिमियर लिगलाई मात्र होइन, समग्र नेपाली क्रिकेटको विकास, व्यावसायिकता र दीर्घकालीन उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं।'

null

मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताउँदै टोलीलाई आगामी प्रतियोगिताका लागि शुभकामना दिए।

उनले भने, 'हामी सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा गर्व महसुस गर्छौं। टोलीलाई आगामी प्रतियोगिताका लागि सफलताको शुभकामना दिन चाहन्छौं। साथै, नेपाली क्रिकेटको समग्र विकास र सफलताको पनि कामना गर्दछौं। नेपाल प्रिमियर लिगजस्तो प्रतियोगिताले देशलाई खेलमार्फत एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ। यो साझेदारीले दुवै संस्थालाई नयाँ ऊर्जा प्रदान गर्नुका साथै नेपाली खेलकुद र राष्ट्रको विकासमा समेत सकारात्मक योगदान पुर्‍याउनेछ।'

एनपीएलको तेस्रो संस्करणको तयारीमा रहेको सुदूरपश्चिम रोयल्सले यसअघि पनि विभिन्न व्यावसायिक साझेदारसँगको सहकार्यलाई निरन्तर विस्तार गर्दै आएको छ।

नेपाल प्रिमियर लिगका पहिलो दुई संस्करणमा उपविजेता बनेको सुदूरपश्चिम रोयल्स प्रतियोगिताकै सबैभन्दा ठूलो समर्थक (फ्यानबेस) भएको टोलीका रूपमा परिचित छ।

salt training

कमेन्ट गर्नुहोस्