०८ साउन २०८३, शुक्रबार

दुबई सरकारको आकर्षक अफर: विदेशी पाहुनालाई घर बोलाए ७८ हजार पाइने !

साउन ७, २०८३
काठमाडौं
दुबई सरकारको आकर्षक अफर: विदेशी पाहुनालाई घर बोलाए ७८ हजार पाइने !

युद्ध र तनावका कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न दुबई सरकारले एक आकर्षक योजना ल्याएको छ । 'ए दुबई इन्भाइट' कार्यक्रमअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा बसोबास गर्ने बासिन्दाहरूले आफ्ना विदेशी नातेदार वा साथीहरूलाई दुबई बोलाएमा ३,००० दिराम (करिब ७८ हजार नेपाली रुपैयाँ) भन्दा बढी मूल्यका नि:शुल्क भौचरहरू पाउने भएका हुन् । 

प्राप्त रिभार्ड भौचरहरूको प्रयोग होटलमा नि:शुल्क बसाइ, खानपिन र विभिन्न पर्यटकीय स्थलहरूको अवलोकनका लागि गर्न सकिनेछ ।

दुबई डिपार्टमेन्ट अफ इकोनोमी एन्ड टुरिजमका अनुसार यो योजना आगामी जुलाई २० देखि अक्टोबर ३१, २०२६ बिच दुबई आइपुग्ने पाहुनाहरूका लागि लागू हुनेछ । यसको लाभ लिन यूएईका बासिन्दाले आफ्ना पाहुना आउनुअघि नै अनलाइन फाराम भरेर मनोनयन गर्नुपर्नेछ। एक पटकमा अधिकतम पाँच जनासम्म पाहुनाको नाम दर्ता गर्न सकिनेछ भने सोभन्दा बढी पाहुना भएमा छुट्टै फाराम भर्नुपर्ने हुन्छ ।

गल्फ न्युजका अनुसार, पाहुनाहरू दुबईको विमानस्थल वा सिमानामा ओर्लिनेबित्तिकै प्रणालीले उनीहरूको प्रवेश स्वतः भेरिफाइ गर्नेछ। त्यसलगत्तै, निमन्त्रणा पठाउने यूएईका बासिन्दाको इमेलमा रिभार्ड प्याकेज र त्यसलाई रिडिम (प्रयोग) गर्ने तरिकाबारे जानकारी आउनेछ। यो रिभार्ड र भौचरहरू डिसेम्बर ३१, २०२६ सम्म मान्य रहनेछन्। पाहुना ओर्लिएको ७२ घण्टलभित्र इमेल प्राप्त हुनेछ र यी भौचरहरू अगस्ट २०२६ देखि जारी गरिनेछ।

गर्मियाममा ५० डिग्रीसम्म पुग्ने अत्यधिक तापक्रमका कारण दुबईमा त्यसै पनि पर्यटकको सङ्ख्या कम हुने गर्छ। त्यसमाथि फेब्रुअरीमा शुरू भएको युद्ध र होटलहरूमा भएका आक्रमणका कारण यहाँको पर्यटन क्षेत्रले ठुलो क्षति व्यहोर्नुपरेको थियो। 

अप्रिल ८ मा भएको युद्धविरामपछि पर्यटकको आवागमन केही सुधार भए पनि होटलहरू अझै पनि मुख्य रूपमा आन्तरिक पाहुनामै निर्भर छन्। पर्यटन र व्यापारलाई मन्दीबाट जोगाउन दुबई सरकारले यसअघि मार्च र मे महिनामा पनि करोडौँ डलरका आर्थिक राहत प्याकेज घोषणा गरिसकेको छ।

यो योजनाभरि यूएईका एक बासिन्दाले अधिकतम तीन वटासम्म रिवार्ड प्याकेज दाबी गर्न सक्नेछन्। एउटा पाहुनालाई एक जनाले मात्र मनोनयन गर्न पाउनेछन्; पहिले नै दर्ता भइसकेको पाहुनाको पुनः मनोनयन मान्य हुने छैन ।

salt training

कमेन्ट गर्नुहोस्