१२ साउन २०८३, मंगलबार

एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्री गुरुङको निर्देशन

साउन १०, २०८३
काठमाडौं
एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्री गुरुङको निर्देशन
फाइल फोटो

गृहमन्त्री सुधन गुरुङले विगत आठ वर्षदेखि निर्माणाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालयको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

निरीक्षणका लागि पुगेका गृहमन्त्री गुरुङले कामदारको सङ्ख्या बढाएर द्रुत रूपमा निर्माणको काम अगाडि बढाउन आग्रह गरे ।

उनले ठेक्का लिएर आलटाल गरी बस्ने ठेकेदार कम्पनी र काममा तदारुकता नदेखाउने प्राविधिक वा अनुगमनकर्ता उपर कारबाही हुने बताए ।​

शुरूआतको आठ वर्ष बित्दा पनि निर्माणमा अत्यन्तै ढिलासुस्ती गरिरहेको अवस्थामा गृहमन्त्री गुरुङको निर्देशनले भवन समयमै बन्नेमा आशावादी रहेका स्थानीय बासिन्दाले बताएका छन् ।

रसुवागढी क्षेत्रको निरीक्षणपश्चात गृहमन्त्री गुरुङले त्यस भेगमा खटिएका भन्सारका कर्मचारी एवं सुरक्षाकर्मीलाई निर्देशन दिँदै सीमा क्षेत्रको सुरक्षा मजबुत पार्न, सेवा प्रवाह छिटो छरितो तवरले सम्पादन गर्न आग्रह गरे ।

गृहमन्त्री गुरुङको भ्रमणले यहाँ कार्यरत सुरक्षाकर्मीको मनोबल बढेको इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताए ।

यसैबीच शनिबार साँझदेखि भोटेकोसीमा हराइरहेका विद्युतीय ईभी भ्यानका चालकको खोजी कार्य तीव्र पारिएको छ ।

राजधानीबाट गोताखोरको टोली आएर खोजीकार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्