
रूपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीको निधन भएको छ ।
जिल्लाको तिलोत्तमा नगरपालिका २ शंकरनगरका बासिन्दा ८० वर्षीय ज्ञवालीको काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको हो ।
उनी केही समयदेखि मुटु र फोक्सोको रोगले बीरामी भएर उपचाररत थिए ।
अर्घाखाँचीबाट बसाइँसराइ गरी रूपन्देही आएका ज्ञवालीले २०२४ सालदेखि पत्रकारिता शुरू गरेका थिए ।
उनी राष्ट्रिय समाचार समितिमा पनि लामो समय काम गरेका थिए भने लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक र बुटवलबाट प्रकाशन हुने दैनिक पत्रिकामा नियमित लेख रचनाहरू प्रकाशन गर्दै आएका थिए ।