१२ साउन २०८३, मंगलबार
कप्तानगञ्ज घटना

सुनसरीमा कर्फ्यु तोडेर प्रदर्शन, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

साउन ११, २०८३
विराटनगर
सुनसरीमा कर्फ्यु तोडेर प्रदर्शन, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि जिल्लाभर तनाव सिर्जना भएको छ।

घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले कर्फ्यु आदेश उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन चर्काएका छन् भने स्थिति नियन्त्रण बाहिर जान नदिन प्रशासनले सेना परिचालन गरेको हो ।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप रोक्ने क्रममा प्रहरीले बल प्रयोग गरी गोली चलाएको थियो । प्रहरीको गोली लागी घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य ९ जना गम्भीर घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। 

घटनापछि उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि कर्फ्यु आदेश जारी गरेको छ । तर, स्थानीय जनताले प्रशासनको कर्फ्यु आदेशको बेवास्ता गर्दै बिहानैदेखि सडकमा उत्रिएर तीव्र विरोध प्रदर्शन गरेका छन् ।

null

प्रदर्शनका कारण कप्तानगन्ज क्षेत्रको अवस्था अहिले अत्यन्तै तनावग्रस्त बनेको छ । सुनसरीको सदरमुकाम इनरुवा बजार र लौकही क्षेत्रमा पनि व्यापक प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले इनरुवा बजार क्षेत्र बन्द गराउनुका साथै पूर्वपश्चिम राजमार्गमा टायर बालेर यातायात अवरुद्ध पारेका छन् । 

null

स्थिति थप बिग्रिन नदिन र साम्प्रदायिक सद्भाव कायम राख्न कप्तानगन्ज क्षेत्रलगायत प्रभावित स्थानहरूमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति तथा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्