०८ साउन २०८३, शुक्रबार

अनौठो चलन : सिस्नु हानाहान गरेर मनाइँदै छ माघी

अनौठो चलन : सिस्नु हानाहान गरेर मनाइँदै छ माघी

जाजरकोट, १ माघ- जाजरकोटका गाउँगाउँमा सिस्नु हानाहान गरी माघी पर्व मनाइँदै छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ । मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । 

सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन् । आजको दिन सिस्नुले नहानेमा सुँगुरको जुनी पाइने धार्मिक मान्यता रहेको छ । साथीभाइबीच जिस्किएर सिस्नु हान्ने चलन पनि रहेको छ ।

सिस्नु घुँडाबाहेक अन्यत्र हान्न नपाइने व्यवस्था भएको नलगाड नगरपालिका वडा नं. ८ का शिक्षक वीरबहादुर खत्रीले बताए । कतिपयले सिस्नु हान्दाहान्दै विवाहसमेत हुने गरेको छ । सिस्नु खेल्नका लागि मामाघर, माइती जाने चलनसमेत रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्