०९ साउन २०८३, शनिबार

राष्ट्रिय विदाको ठाउँमा स्थानीय बिदा थप्ने गाउँपालिकाको तयारी

फागुन २३, २०७४
राष्ट्रिय विदाको ठाउँमा स्थानीय बिदा थप्ने गाउँपालिकाको तयारी

कालिकोट, २३ फागुन-जिल्लाको नरहरिनाथ गाउँपालिकाले आवश्यक नभएका राष्ट्रिय बिदा परेका दिनमा स्थानीय बिदालाई जोड दिने भएको छ । 

गाउँपालिकाको गाउँसभाबाट समाजमा अर्थ नराख्ने राष्ट्रिय बिदाको सट्टा स्थानीय रहनसहनसँग सुहाउँदो बिदा कायम गर्न थालेको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले बताए ।

गाउँपालिकाका प्रवक्ता गगन फडेराले यहाँको रहन सहन तथा भेषभूषामा आधारित बिदा नभएकाले सो दिनमा स्थानीय बिदालाई जोड दिने बताए ।

सरकारले दिएका ल्होसार, तथा पूर्वका रहन सहनसँग हुने बिदाका दिनलाई गाउँपालिकामा मानिने स्थानीय चाड पर्व तथा मेलालाई मर्ज गर्ने योजना रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्