०९ साउन २०८३, शनिबार

कुवेत लैजान्छु भनेर करोडौं झ्वाम पार्ने 'ठग' साधारण तारेखमा रिहा, मिलेमतोको आशंका

चैत १२, २०७४
कुवेत लैजान्छु भनेर करोडौं झ्वाम पार्ने 'ठग' साधारण तारेखमा रिहा, मिलेमतोको आशंका
फाइल फोटो

काठमाडौं, १२ चैत- कुवेत लैजान्छु भनेर करीब ५०० युवाबाट लगभग दुई करोड ठगी गरेको आरोपमा पक्राउ परेका प्रेम सिंह भनिने रामेश्वर सिंह साधारण तारेखमा रिहा भएका छन् ।

आफूलाई ‘बजाज ओभरसिज’को सञ्चालक बताउने सिंहलाई बिहीबार नै रिहा गरिएको खुलासा भएको छ । उनलाई ठगीमा परेका युवाहरूले समातेर सोमाबार प्रहरीको जिम्मा लगाएका थिए ।

अनुसन्धानका क्रममा सिंह बजाज ओभर्सिजको सञ्चालक नरहेको तर, केही दिन काम भने गरेको खुलेको छ । करीब दुई वर्षअघि नै वैदेशिक रोजगार विभागले उक्त म्यानपावरको सम्बन्धन खारेज गरिसकेको छ ।

‘दुईजना पीडितले जाहेरी दिएका थिए, उनीहरू दुवै जनाले जाहेरी फिर्ता लिएका कारण हामीले उनलाई साधारण तारेखमा रिहा गरेका हौँ, अन्यको जाहेरी पर्‍यो भने पुनः पक्राउ गरेर अनुसन्धान थाल्नेछौँ,’ अनुसन्धान अधिकृत निर्मलकुमार पुनले लोकान्तरलाई बताए ।

मिलेमतोको आशंका

करीब ५०० जना उनीबाट पीडित भए पनि दुई जनाले ठगीको जाहेरी दिएको र एकदिनमै उक्त जाहेरी फिर्ता लिने काम भएकोले ठग र जाहेरी दिनेबीच मिलेमतो भएको हुनसक्ने अर्का पीडित कमल कार्कीले बताए । रिहा भइसकेका ठगलाई समाएर फेरि मुद्दा दर्ता गराउने तयारीमा बाँकी पीडितहरू रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्