०५ साउन २०८३, मंगलबार

सरकारको श्वेतपत्र : आर्थिक अवस्था जर्जर, दोहोरो अंकको वृद्धि चुनौतीपूर्ण [पूर्ण पाठसहित]

चैत १६, २०७४
सरकारको श्वेतपत्र : आर्थिक अवस्था जर्जर, दोहोरो अंकको वृद्धि चुनौतीपूर्ण [पूर्ण पाठसहित]

काठमाडौं, १६ चैत- सरकारले अहिलेको आर्थिक अवस्था तथा अगामी योजना रणनीति समेटिएको श्वेतपत्र जारी गरेको छ ।

शुक्रवार अर्थन्त्रालयमा सार्वजनिक गरिएको श्वेतपत्रमा अहिलेको अर्थतन्त्रको अवस्था निकै जर्जर रहेकोे देखाइएको छ । समष्टिगत आर्थिक परिसूचकहरू नकारात्मक अवस्थामा रहेकाले स्रोतको अनिश्चितताकाबीच तयार पारिएको बजेट कार्यान्वयन हुन नसक्ने गैर बजेटरी खर्च वृद्धि हुने प्रवृत्तिले वित्त व्यस्थापन निकै चुनौतीपूर्ण रहेको श्वेतपत्रमा उल्लेख छ ।

अहिले सरकारी कोष करीब रित्तो अवस्थामा रहेको र यही अवस्थामा दीर्घकालीन संरचनागत परिवर्तन नगरी दोहारो अंकको आर्थिक वृद्धि सम्भव नभएको श्वेतपत्रले देखाएको छ ।

आन्तरिक आयको ९० प्रतिशतभन्दा बढी अंश उपभोगमै खर्च हुने, उत्पादन लागत र अयात बढ्दा व्यापार घाटा बढ्दै गएको बताउँदै यसका लागि नीतिगत सुधार आवश्यक रहेकामा श्वेतपत्रले जोड दिएको छ ।

हाल नेपालीको प्रतिव्यक्ति कूल राष्ट्रिय आय ८ सय ६२ अमेरिकी डलर मात्रै रहेकाले नेपाल अल्पविकसित नभई अति गरीब मुलुकको पंक्तिमा रहेको श्वेतपत्रले बताउँदै सन् २०२२ सम्ममा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति गर्न प्रतिव्यक्ति कूल राष्ट्रिय आय १ हजार २ सय ४२ अमेरिकी डलर मापदण्ड निर्धारण गरिएको छ ।

राजस्वले चालू खर्च धान्न सक्ने स्थिति नभएको, उद्योग क्षेत्र प्रतिस्पिर्धी बन्न नसकेको, उत्पादन क्षेत्रका संकुचनसँगै रोजगारीका अवसर कुण्ठित हुँदै गएको, कृषिलाई आधुनिकरण या व्यवस्थित गराउन नसक्नु लगायत विभिन्न कारण अर्थतन्त्रको अवस्था दयनीय रहेको श्वेतपत्रले देखाएको छ ।

श्वेतपत्रले निर्यातका आधार संकुचित हुँदै समग्र अर्थतन्त्र आयातमूखी बन्दै जाँदा वैदेशिक व्यापारको स्थिति भयावह रहेको बताउँछ ।

यसैगरी वित्तीय अनुशासन पक्ष अत्यन्त कमजोर रहेको श्वेतपत्रले देखाएको छ ।

नेपालको पूँजी बजार सतही र दायरा संकुचित रहेको र उत्पादन क्षेत्रका कम्पनीको उपस्थिति कमजोर रहेको बताउँदै यसलाई व्यवस्थित गर्न नीतिगत सुधारको खाँचो रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।

यहाँ गएर हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्