×

NMB BANK
NIC ASIA

उपचार खर्चमा निजी अस्पतालको मनपरी, स्वास्थ्य मन्त्रालयले माग्दा समेत दिएनन् मूल्यसूची

चैत १८, २०७४

NTC
Premier Steels

काठमाडौं, १८ चैत– स्वास्थ्य मन्त्रालयले उपचार शुल्क सूची मागेको एक महिना पुग्न लाग्दा अस्पतालहरुले मूल्य सूची पठाउन आनाकानी गरेका छन् ।

Muktinath Bank

स्वास्थ्य मन्त्रालयको शुल्क निर्धारण कार्यसमितिको कार्यदलले गत फागुन २१ गते अस्पतालहरुले प्रदान गरेको उपचार सेवा तथा उपचार शुल्कको सूची र शुल्क लिनुको कारण एक साताभित्र पठाउन पत्राचार गरेको थियो । तर निजी अस्पतालहरुले भने अस्पतालबाट प्रवाह भइरहेको विभिन्न सेवा वापतको शुल्कको सूची महिना दिन वित्न लाग्दासमेत मन्त्रालयलाई पठाउन ढिलाई गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालहरुले शुल्क सूची नबुझाएपछि स्वास्थ्य मन्त्रालयले प्राइभेट हस्पिटल एसोसियसनका पदाधिकारी तथा अस्पताल सञ्चालकहरुलाई  केही दिन अघि बैठकमा समेत बोलाएको थियो । 


Advertisment
Nabil box
Kumari

स्वास्थ्य मन्त्रालय र अस्पताल सञ्चालकहरुको बैठकमा अस्पतालहरुले शुल्क सूची पठाउन समय लाग्ने बताएको स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख एवं कार्यदलका संयोजक डा. भोलाराम श्रेष्ठले लोकान्तरलाई बताए ।

Vianet communication

‘अस्पतालहरुले स्वास्थ्य मन्त्रालयले पत्राचार गरे अनुरुप एक सातामा शुल्क सुची पठाउँन नसक्ने बताएपछि हामीले केही दिन अघि प्राइभेट हस्पिटल एसोसियशनका पदाधिकारीको बैठक बोलाएका थियौं’ डा.श्रेष्ठले भने, ‘बैठकमा निजी अस्पताल सञ्चालकहरुले शुल्क सूची संकलन गर्न समय लाग्ने बताएपछि हामीले १० दिन भित्रमा शुल्क सूची ल्याउने निर्णय भएको छ । उहाँहरुले अब १० दिनभित्र मन्त्रालयमा बुझाउनु हुनेछ ।’

निजी अस्पतालहरुले मूल्य सूची तोकिएको समयभित्रमा नबुझाए कार्यदलले समितिलाई यसबारे जानकारी दिने र मन्त्रालयले आवश्यक निर्णय लिने डा. श्रेष्ठले बताए ।

अस्पतालहरुले बिरामीसँग मनोमानि ढंगले शुल्क लिने गरेको गुनासो बढेपछि मन्त्रालयले सरकारी तथा निजी अस्पतालहरूसँग बिरामीबाट लिने उपचार शुल्कको सूची र लिनुको कारण मागेको हो ।

अस्पतालहरूले लिइरहेको शुल्कको बारेमा जानकारी लिएर बिरामीबाट अस्पतालले लिने उपचार शुल्कलाई वैज्ञानिक आधार तय गर्न अस्पतालहरूसँग शुल्क सूची माग गरिएको उनले बताए ।  अस्पतालहरुले लिदै आएको शुल्क सूची मन्त्रालयले पाएपछि नयाँ उपचार शुल्क निर्णारण गरी  कार्यन्वयन गर्ने मन्त्रालयको योजना छ  । स्वास्थ्य मन्त्रालयले सम्पूर्ण स्वास्थ्य सेवाको मूल्य एकैपटक निर्णारण गर्न नसक्ने भएकाले मुख्य मुख्य उपचार सेवा अर्थात जनाताले धेरै उपयोग गर्ने स्वास्थ्य सेवाको मात्रै मूल्य निधारण गर्ने डा. श्रेष्ठले बताए ।

उनले भने,‘हामीले पहिला प्रमुख स्वास्थ्य सेवाहरुको मूल्य निर्णरण गर्नेछौं । अस्पतालहरुले शुल्क लिनुको आधारलाई हेरेर सेवाप्रदाय अस्पताल र बिरामी दुबैलाई मारमा नपार्ने गरी उचित मुल्य निर्धारण गर्नेछौं ।’


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x