×

NIC ASIA

विराट गोल्डकप : संकटा क्वाटरफाइनल प्रवेश, आज मोरङसँग झापा भिड्दै

चैत १९, २०७४

Prabhu Bank
NTC
Premier Steels

विराटनगर, १९ चैत– पाहुना टोली भारतको मोहम्मेदन स्पोर्टिङ क्लब कोलकातालाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा १–० गोल अन्तरले कोलकातालाई स्तब्ध पार्दै संकटाले विजयी सुरुवात गरेको हो । 

Muktinath Bank

निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफ बराबरी खेले पनि मध्यान्तरपछि रणनीति परिवर्तन गर्दै संकटा आक्रामक बन्यो । मध्यान्तरपछि कोलकाता रक्षात्मक रुपमा उत्रिए पनि संकटा त्यसलाई चिर्न सफल भयो । संकटाको कठिन जितमा अफ्रिकन खेलाडी जिब्रेल नायक बने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघर्षपूर्ण खेलमा थप गरिएको अतिरिक्त समयको १३ औं मिनेटमा गोल गर्दै उनले संकटाको जित पक्का गरेका हुन् । लक्ष्मण रुचालको क्रस पासलाई जिब्रेलले भली गर्दै पोष्टको दिशा दिँदा उसको भाग्य चम्किएको हो । 


Advertisment
Nabil box
Kumari

संकटाको फिनिसिङ पक्ष कमजोर हुँदा जितका लागि उसले अतिरिक्त समय कुर्नु पर्यो । १५ औं मिनेटमा लक्ष्मण रुचालको पासमा जिब्रेलको प्रहार क्रसबार माथिबाट बाहिरियो । ३६ औं मिनेटमा लक्ष्मणको हेड प्रहारले पनि पोष्ट देखेन । ५३ औं मिनेटमा लक्ष्मणकै प्रहारमा कोलकाताका गोल रक्षक अविजित सरदार बाधक बने । 

Vianet communication

६० औं मिनेटमा संकटाका युसुफको प्रहारले विपक्षी बार तोड्न सकेन । रिबाण्डपछि प्रहार गरिएको बललाई पनि गोलरक्षकले रोकिदिए । ६४ औं मिनेटमा जिब्रेलको प्रहार कोलकाताका गोलरक्षकले क्लियर गरिदिए । 
संकटाको तुलनामा कोलाकाताले अवसर कम सिर्जना गर्न सक्यो ।

तर पाएका अवसरमा विपक्षी बार तोड्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । खेलको सुरुवाती १३ औं मिनेटमा आमिर हुसेनको पासलाई जोत मासीले गोलमा परिणत गर्न नसक्दा संकटालाई दवावमा राख्ने कोलकाताको सपना पूरा भएन । 

थप गरिएको अतिरिक्त समयको २७ औं मिनेटमा डिबक्स भित्रबाट नोट्री जेम्सले गरेको प्रहार दायाँ बार हुँदै बाहिरियो । त्यस लगत्तै केके फ्रयाङकोइसको प्रहार संकटाका गोलरक्षक सागर पियाको हातमा पुग्यो । रिबाण्ड भएको बललाई गोलरक्षक पिया विट भएको अवस्थामा नोट्री जेम्सले प्रहार गरे पनि नविन गुरुङले क्लियर गरिदिँदा संकटा ठूलो संकटबाट बच्यो । 

अन्तिम समयमा पाएका राम्रा अवसरले पोष्टको दर्शन गर्न नसक्दा कोलकाता स्तब्ध बनेर घर फर्कियो । कोलकाताका प्रशिक्षक अनन्त घोसले खेलाडीले राम्रो प्रदर्शन गरे पनि नतिजाले आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए । 

कटारी गोल्डपको उपविजेता टिम संकटाका प्रशिक्षक सल्यान खड्गीले जुनियर खेलाडीका साथमा मैदानमा उत्रदा पनि नतिजा हात लग्नु गर्वको कुरा भएको बताए । उनले टिमका सिनियर खेलाडी बुटवलमा खेलिरहेका कारण जुनियर खेलाडी मात्र विराट गोल्डकपमा सहभागी भएको जानकारी दिए । 

‘सुरुमै अग्रता लिनु पर्ने भए पनि राम्रा अवसरको सदुपयोग हुन सकेन,’ उनले भने, ‘तर अन्तिम समयमा आएर नतिजा उम्कन नपाउनु नै ठूलो कुरा हो ।’ खेलको म्यान अफ दी म्याच संकटाका कप्तान सरोज दाहाल घोषित भए । उनलाई भारतीय राजदुत आवासको हेडअफ द अफिसका निराज जैसवालले १० हजार नगद पुरस्कार प्रदान गरे ।

सोमबार आयोजक रिजालको मोरङ–११ र रमपम झापा–११ बीच प्रतिस्पर्धा हुने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x