×

NMB BANK
NIC ASIA

काठमाडौं, २२ चैत–सरकारी स्वामित्वमा सञ्चालित नेपाल औषधि लिमिटेडले सात वर्षपछि उत्पादन गरेको सिटामोल भोलिबाट बजारमा जाँदैछ ।

Muktinath Bank

गत फागुन ९ गतेबाट सिटामोल उत्पादन शुरु गरेको लिमिटेडले भोलिबाट बजार पठाउने तयारी गरेको औषधि लिमिटेडका महाप्रबन्धक रोभसकुशम सुवेदीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले गत फागुन महिनादेखि अहिलेसम्म १० लाख सिटामोल बनाइसकेका छौं । बजार पठाउनका लागि ५ लाख चक्की सिटामोल प्याकिङ भइसकेको छ,’ महाप्रवन्धक सुवेदीले भने, ‘वीर अस्पतालले भोलि ५० हजार चक्की सिटामोल किन्ने भएको छ । सात वर्षपछि हाम्रो सिटामोल भोलिबाट बजारमा जाँदैछ ।’


Advertisment
Nabil box
Kumari

देशकै जेठो र केन्द्रीय अस्पतालसमेत भएकाले भोलि वीर अस्पताललाई बिक्री गर्ने तयारी गरिएको उनको भनाइ छ । वीर अस्पतालमा सिटामोल बिक्रीको औषपचारिक शुरुवात गरेसँगै आइतबारबाट देशैभरीका औषधि बजारमा सिटामोल पुग्ने सुवेदीले बताए । लिमिटेडले उत्पादन गरेको सिटामोल बिरामीले  प्रतिट्याब्लेट एक रुपैयाँमा पाउनेछन् ।

Vianet communication

औषधि उत्पादनका लागि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जीएमपी मोडलमा कारखाना निर्माण गर्न नसक्दा सात वर्षदेखि लिमिटेडको औषधि उत्पादन बन्द भएको थियो । सरकारले १५ करोड बजेट विनियोजन गरेपछि सिटामोल उत्पादन पुनः शुरु भएको हो ।

जीएमपी मोडलमा गत पुस महिनामा कारखाना निर्माण सम्पन्न भएसँगै लिमिटेडले गत फागुन १३ गतेबाट पहिलो चरणमा ८० हजार चक्की औषधिको परीक्षण उत्पादन गरेको थियो ।  परीक्षण उत्पादन सफल भएसँगै अहिले दिनमा एकलाख चक्की सिटामोल उत्पादन भइरहेको छ ।

लिमिटेडले सिटामोल लगायतका चक्की औषधि उत्पादनका लागि ३ वटा नयाँ ‘ट्याब्लेट कम्प्रेसर’मेसिन खरिद गरेको थियो ।  यस्तै दुईवटा पुराना मेसिनको मर्मतसम्भार गरिएको छ ।

पहिलो चरणमा उद्योगको ब्राण्डको रूपमा चिनिएको सिटामोल उत्पादन गरेको लिमिटेडले आगामी दिनमा आइरन चक्की, जुकाको औषधिलागायत २० प्रकारका चक्की औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x