३१ जेठ २०८३, आइतबार

निर्धक्क भएर लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

चैत २३, २०७४
निर्धक्क भएर लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

नयाँ दिल्ली, २३ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । उनले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन् ।

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शुक्रवार भारतीय उद्योगी व्यवसायीहरूलाई सम्बोधन गर्दै भने, ‘नेपालमा लगानीका लागि उचित वातावरण छ, लगानी गर्नुस् ।’

नेपालले उदार अर्थतन्त्रको नीति लिएको भन्दै ओलीले सरकारले वैदेशिक लगानीको संरक्षण गर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले नेपालमा लगानीका लागि सुरक्षा रहेको बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्