काठमाडौं, २२ माघ–भारतको चर्चित टेलिभिजन कार्यक्रम ‘झलक दिलाजा’को उपाधी जितेकी तेरिया मगर शुक्रबार नेपाल आएकी छिन् ।
यसअघि डिआइडी लिटर मास्टरको उपाधी जितेकी तेरियाको स्वागतमा शुक्रबार साँझ उनका समर्थकको बाक्लो भीड लागेको थियो ।
शुक्रबार राति साढे आठ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिउकी तेरियाको समर्थनमा नारावाजीसमेत भएको थियो । मगरले आफूलाई भोट गरेर जितानु भएको भन्दै सवै नेपालीलाई धन्यवाद दिइन् ।
माघ ७ गते भएको फाइनल प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई उछिन्दै तेरियाले झलकको उपाधी हात पारेकी थिइन् । तेरियाको सम्मानमा शुक्रबार तेरिया फाउण्डेसनले काठमाडौंमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम सकिएसँगै उनी गृहजिल्ला रुपन्देही जाने कार्यक्रम रहेको छ ।