०३ असार २०८३, बुधबार

सधैं देखिरहेका वस्तुमा लुकेका ७ अनौठा रहस्य

सधैं देखिरहेका वस्तुमा लुकेका ७ अनौठा रहस्य

काठमाडौं,  — हामीले दिनदिनै प्रयोग गर्ने अनि सधैं देखिरहेका वस्तुमा लुकेका अर्थ एकचोटिमा त देखिँदैन । तर ध्यान दिएर हेर्ने हो भने यसमा रमाइलो कथा भेटिन्छ । यहाँ हामी सातवटा यस्ता वस्तुका बारेमा बताउँदैछौं जसमा मीठा रहस्यहरू लुकेका छन् ।


१ कस्मेटिक जार

कस्मेटिकको जारमा सर्सर्ती हेर्दा जार ताजा राख्नका लागि केही विशेष कुरा राखिएको देख्नुहुनेछ । नम्बरसहितको सिम्बोलले यो सामग्री बासी हुनुअघि कति समयसम्म टिक्छ भन्ने देखाउँछ । दूधको कार्टोनमा लेखिएको एक्स्पायरी डेट जस्तै हो यो । एम वर्णले महिना बुझाउँछ भने डब्ल्युले हप्ता जनाउँछ । 


२ बहुरंगी टूथपेस्ट

कुनै कुनै टूथपेस्ट तीनथरी रंगमा भेटिन्छन् । यसका पछाडिको कारण सरल छ ः प्रत्येक रंगको आफ्नै विशेषता छ । सेतो भनेको फ्लोराइड हो जसले दाँतलाई सेतो बनाउँछ, रातोले गिजालाई सफा राख्छ अनि नीलो वा हरियोले दिनभरि सास ताजा राख्छ । 


३ लेडी लिबर्टीको मुकुट

अमेरिकाको न्युयोर्कमा रहेको स्ट्याच्यु अफ लिबर्टीको मुकुटमा रहेको सात चुच्चोले विश्वका सात महादेश र सात समुद्र जनाउँछन् । यी चुच्चाहरू प्रत्येक लगभग ६९ किलोका छन् । 


४ जिगज्याग ट्राम

ट्रामका सम्पर्क लाइनहरू बांगोटिंगो गतिमा जान्छन् जसका कारण यसको छतमा भएको प्यान्टोग्राफका दुवै भाग बराबर वेयर डाउन होस् । 


५ पानको बास्सा

पानको बास्साका बारेमा धेरैथरी सिद्धान्त भेटिन्छन् । खासमा यो राजा चार्ल्स सातौं हुन् जसले आफ्नै टाउकोमा तरवार घुसाएका थिए । 


६ किताबका खाली पाना

पुस्तकहरू पानैपिच्छे मुद्रण गरिँदैनन् त्यसैले पुस्तकलाई इभन राख्नका लागि केही पृष्ठ खाली छोडिन्छन् । 


७ बेलायती मोहोरहरू शिल्ड बन्छन्

बेलायती मुद्राका एक, दुई, पाँच, बीस र पचास पेन्सका मोहोरहरूलाई एकै ठाउँमा राख्दा तिनले रोयल कोट अफ आर्म्स बनाउँछन् । 

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्