२० असार २०८३, शनिबार

३३ किलो सुनकाण्डका अभियुक्तसँग प्रहरी ‘प्रमुख’को गोप्य भेट, डिआईजी शाहको अनावश्यक ‘चलखेल’

बैशाख १४, २०७५
३३ किलो सुनकाण्डका अभियुक्तसँग प्रहरी ‘प्रमुख’को गोप्य भेट, डिआईजी शाहको अनावश्यक ‘चलखेल’

विराटनगर, १४ वैशाख– गत माघ पहिलो हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन काण्डका अभियुक्तसँग नेपाल प्रहरीका १ नम्बर प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआईजी)ले गोप्य भेट गरेका छन् ।  

प्रदेश प्रहरीको निमित्त प्रमुखको समेत जिम्मेवारी सम्हालिरहेका डिआईजी ज्ञान बिक्रम शाहले ३३ किलो सुन काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासतमा रहेका प्रहरीका पूर्व र वहालवाला अधिकारीसँग गोप्य रुपमा भेटवार्ता गरेका हुन् । 

मध्याह्न १२ बजेसम्म विराटनगरको रानीस्थित प्रदेश प्रहरीको कार्यालयमै रहेका डिआईजी दिउँसो १ः४० बजे तीनपैनीमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका थिए । प्रदेश र जिल्ला प्रहरी कार्यालयबीचको दुरी कबिर ६ किलोमिरटको छ । डिआईजी शाह करिब ३० मिनेटसम्म जिल्ला प्रहरी कार्यालयमा बसेका थिए । 

जिल्ला प्रहरी कार्यालयमा रहँदा डिआईजी शाहले ३३ किलो सुन प्रकरण र त्योसँगै जोडिएको सनम शाक्य हत्याकाण्डको अभियुक्तका रुपमा हिरासतमा रहेका पूर्व डिआईजी, बहालवाला एसपी, डिएसपीसँग गोप्य भेटवार्ता गरेका थिए । 

डिआईजी शाहले हिरासतमा रहेका पूर्व डिआईजी गोबिन्द निरौला, प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जय राउतसँग गोप्य भेट भएका हुन् । 

डिआईजी शाहले ३ जनासँग जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अरुण कुमार बिसीको कार्यकक्षमा भेटवार्ता गरेका थिए । डिआईजी शाह जिप्रका पुग्दा एसपी बिसी भने कार्यालयमा नरहेको जनाइएको छ ।  डिआईजी साह सादा पोसाकमा जिप्रका पुगेका थिए ।

सुनकाण्डका अभियुक्त प्रहरी अधिकारीसँगको गोप्य भेटवार्ता पछि डिआईजी शाह विराटनगरबाट काठमाडौं उडेका थिए । उनी ३ बजेको फ्लाइटमा काठमाडौं उडेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी अर्को शनिवार विराटनगर फर्कने जनाइएको छ । 

डिआईजी शाह एक हप्तासम्म काठमाडौंमा रहनेछन् । डिआईजी शाहले अभियुक्तसँग भेटवार्ता गरेको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी अधिकारीले भने जानकारी नभएको बताएका छन् । 

प्रहरीले हिरासतमा रहेका पूर्व डिआईजी, एसपी र डिएसपीविरुद्ध संगठित अपराध, मानव अपहरण तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

प्रहरीले ३३ किलो सुन काण्डमा २७ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । 

वहालबाला र पूर्व उच्च प्रहरी अधिकारी समेत तानिएको सुनकाण्डका अभियुक्तलाई बहालवाला डिआईजीले गोप्य रुपमा भेट्नुलाई शंकाष्पद रुपमा हेरिएको छ । 

सुनकाण्डमा मारिएका सनम शाक्यका आफन्तहरुले भने डिआईजीले अनुसन्धानमा चलखेल गर्न सक्ने आरोप लगाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्