×

NMB BANK
NIC ASIA

३३ किलो सुनकाण्डका अभियुक्तसँग प्रहरी ‘प्रमुख’को गोप्य भेट, डिआईजी शाहको अनावश्यक ‘चलखेल’

बैशाख १४, २०७५

NTC
Premier Steels

विराटनगर, १४ वैशाख– गत माघ पहिलो हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन काण्डका अभियुक्तसँग नेपाल प्रहरीका १ नम्बर प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआईजी)ले गोप्य भेट गरेका छन् ।  

Muktinath Bank

प्रदेश प्रहरीको निमित्त प्रमुखको समेत जिम्मेवारी सम्हालिरहेका डिआईजी ज्ञान बिक्रम शाहले ३३ किलो सुन काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासतमा रहेका प्रहरीका पूर्व र वहालवाला अधिकारीसँग गोप्य रुपमा भेटवार्ता गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मध्याह्न १२ बजेसम्म विराटनगरको रानीस्थित प्रदेश प्रहरीको कार्यालयमै रहेका डिआईजी दिउँसो १ः४० बजे तीनपैनीमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेका थिए । प्रदेश र जिल्ला प्रहरी कार्यालयबीचको दुरी कबिर ६ किलोमिरटको छ । डिआईजी शाह करिब ३० मिनेटसम्म जिल्ला प्रहरी कार्यालयमा बसेका थिए । 


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालयमा रहँदा डिआईजी शाहले ३३ किलो सुन प्रकरण र त्योसँगै जोडिएको सनम शाक्य हत्याकाण्डको अभियुक्तका रुपमा हिरासतमा रहेका पूर्व डिआईजी, बहालवाला एसपी, डिएसपीसँग गोप्य भेटवार्ता गरेका थिए । 

Vianet communication

डिआईजी शाहले हिरासतमा रहेका पूर्व डिआईजी गोबिन्द निरौला, प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जय राउतसँग गोप्य भेट भएका हुन् । 

डिआईजी शाहले ३ जनासँग जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अरुण कुमार बिसीको कार्यकक्षमा भेटवार्ता गरेका थिए । डिआईजी शाह जिप्रका पुग्दा एसपी बिसी भने कार्यालयमा नरहेको जनाइएको छ ।  डिआईजी साह सादा पोसाकमा जिप्रका पुगेका थिए ।

सुनकाण्डका अभियुक्त प्रहरी अधिकारीसँगको गोप्य भेटवार्ता पछि डिआईजी शाह विराटनगरबाट काठमाडौं उडेका थिए । उनी ३ बजेको फ्लाइटमा काठमाडौं उडेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी अर्को शनिवार विराटनगर फर्कने जनाइएको छ । 

डिआईजी शाह एक हप्तासम्म काठमाडौंमा रहनेछन् । डिआईजी शाहले अभियुक्तसँग भेटवार्ता गरेको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी अधिकारीले भने जानकारी नभएको बताएका छन् । 

प्रहरीले हिरासतमा रहेका पूर्व डिआईजी, एसपी र डिएसपीविरुद्ध संगठित अपराध, मानव अपहरण तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

प्रहरीले ३३ किलो सुन काण्डमा २७ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । 

वहालबाला र पूर्व उच्च प्रहरी अधिकारी समेत तानिएको सुनकाण्डका अभियुक्तलाई बहालवाला डिआईजीले गोप्य रुपमा भेट्नुलाई शंकाष्पद रुपमा हेरिएको छ । 

सुनकाण्डमा मारिएका सनम शाक्यका आफन्तहरुले भने डिआईजीले अनुसन्धानमा चलखेल गर्न सक्ने आरोप लगाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x